काठमाडौं। नेपाल चिकित्सक संघको आजबाट शुरु भएको दुईदिने सम्मेलनमा स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षाबारे बहस गरिएको छ।
दोसो शत्रमा स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षाबारे बहस भएको थियो भने तेसो शत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनका चुनौतीबारे बहस भएको थियो।
डा भुपेन्द्र कुमार बस्नेतले स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा भन्ने बहसको सभापतित्व गरेका थिए भने कार्यक्रमको सहजीकरण डा सुभास प्याकुरेलले गरेका थिए।
बहस प्यानलिस्टहरुमा नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा अनिल बिक्रम कार्की, निजि मेडिकल तथा डेन्टल कलेज एसोसियसनका अध्यक्ष डा। ज्ञानेन्द्र मान सिंह कार्की, चिकित्सा शिक्षा आयोगका पुर्व निर्देशक डा दिलिप शर्मा, शिक्षा मन्त्रालयका सह(सचिव शिव कुमार सापकोटा तथा प्राइभेट अस्पताल तथा नर्सिङ होम एसोसियसनका अध्यक्ष डा पदम बहादुर खड्का रहेका थिए।