काठमाडौं। नेपाल चिकित्सक संघको तेस्रो स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ। नेपाल चिकित्सक संघको आयोजनामा आइतबारदेखि सुरु भएको दुईदिने स्वास्थ्य सम्मेलन आज सम्पन्न भएको छ।
‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्धन अवसर र चुनौती’ भन्ने मुख्य नारा सहित हिजो देखी सुरु भएको दुई दिने सम्मेलन ‘एनएमए थर्ड हेल्थ समिट २०२३’ मा स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र विषायमा प्यानल बहस गरिएको थियो ।
उक्त सम्मेलन स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षाबारे, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनका चुनौतीबारे, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधीको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली जस्ता विषयमा बहस भएको थियो ।
आइतबारदेखि सुरु भएको उक्त राष्ट्रिय स्वास्थ्य सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समाप्न भएको छ।