काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा। लोहनीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा.लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकास प्राप्त कर्मचारी हुन् । नेपालमा स्वास्थ्य बीमा सुरु गर्दाताका डा.लोहनी कार्यकारी निर्देशक थिए । गत २४ माघमा डा.सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो ।