काठमाडौं । २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २२ वर्षीय जसवन्त कुमार गणेश पक्राउ परेका छन् ।
बिहीबार दिउँसो आरोपि गणेशलाई प्रहरीले पक्राउ गरेको छ। गणेशले ती महिलालाई बिर्तामोड नगरपालिको शनिश्चरे रोडस्थित मूनलाइट होटलमा लगेर पटक–पटक बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । उक्त उजुरी आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।