काठमाडौँ । विराटनगरका एक जना युवकमाथि भारतमा गोली प्रहार भएको छ ।
विराटनगर मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा गोली प्रहार भएको हो ।
आइतबार साँझ उनि माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिएका छन।
भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको बताइएको छ । गोली उनको वायाँ तिघ्रामा लागेको छ । गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।