काठमाडौँ। डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको छनोट प्रक्रियामा देखा परेको अन्योलप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
लामो समयदेखि चिकित्सा शिक्षाको सुधारको लागि लड्दै आएका डा. केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगका निर्देशकहरुको छनोट प्रक्रियामा दलीय भागवन्डामा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न र योग्य उम्मेदवारलाई नियुक्त गर्न माग गरेका छन ।
सिफारिस समितिले आवेदन दिएका इच्छुकहरुमध्येबाट योग्य व्यक्तिलाई पाखा लगाएर स्वार्थको द्वन्द्व हुने गरी निजी संस्थामा काम गरिरहेका उम्मेदवारहरुलाई सर्टलिस्ट गरेको डा. केसीले बताए।
पछिल्लो समय चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको छनोट प्रक्रियामा देखा परेको अन्योलप्रति गम्भीर ध्यानाकर्षण भएको डा. केसीले बताए।