काठमाडौँ। छोराको कुटपिटले घाइते भएकी ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको छ।
भोजपुर टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने पवित्रा देवी राईलाई आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकि उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
२० वर्षीय सन्देश राईले घरायसी विवादका कारण गत मंसिर ९ गते कुटपिट गरेका थिए । सोही कारण बिरामी भएकी पवित्राको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
प्रहरीले सन्देशलाई पक्राउ गरेका छन र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।