काठमाडौँ। ललितपुरको झम्सिखेलमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।
मंगलवार लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
गोली लागेर घाइते भएका अविनाश राईलाई उपचारका लागि अस्पताल लगिएको छ । अविनाश राईबाट लागुऔषधसहित पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरिएको छ ।