काठमाडौँ। सुर्खेतमा भैरवी गाउँपालिकाको महिला शाखाकी प्रमुख नै घरेलु हिंसामा परेकी छन् ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य आफैँ घरेलु हिंसामा परेको खुल्लासा भएको छ। आफन्तको घरमा बसेका बेला त्यहीँ पुगेर श्रीमानले निर्मलामाथि कुटपिट गरेपछि घटना बाहिरिएको हो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा नायब सुब्बाका रूपमा कार्यरत श्रीमान् नवराज शर्मा रिजाल विरुद्ध निर्मलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठाडो निवेदन दर्ता गरेसँगै घटना बाहिरिएको हो ।
कुटपिटबाट घाइते निर्मलाको कर्णाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।