काठमाडौं । लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी बिदा पाउने भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले देशमै पहिलोपटक निजामती कर्मचारीलाई महिनावारी हुँदा बिदा दिने व्यवस्था गरेको छ । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को उपदफा १ (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ । कति दिन बिदा दिने भन्नेबारे नियमावलीमा तोकिनेछ । यो बिदाको कार्यान्वयन भने सरकारले नियमावली बनाएपछि हुनेछ ।
कर्मचारीले भैपरी आउने र पर्व बिदा, घर बिदा अनि महिनावारी पिरियड बिदा, बिरामी बिदा, प्रसुति बिदा, प्रसुती स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा, असाधारण बिदा पाउने उल्लेख छ। बिदा निजामती कर्मचारीको अधिकार नभई सहुलियत मात्र रहेको ऐनमा उल्लेख गरिएको छ।