काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले मङ्सिर ३० गते शनिबारका दिन नागरिक सामुदायिक अस्पतालमै नि शुल्क स्वास्थ्य शिविर गरेका थिए ।
सामुदायिक सेवा केन्द्र ,सामुदायिक प्रहरी सेवा केन्द्र ,लायन्स क्लब अफ भक्तपुर नागरिक र नागरिक सामुदायिक अस्पतालको सहकार्यमा भएको उक्त शिबिरमा अर्थोपेडिक सर्जन डा. अशोक कुमार राई र डा. योगेश कायस्थले हाडजोर्नी तथा नशा सम्बन्धि समस्याहरुको नि शुल्क १०० जानालाई सेवा दिएका थिए ।
नागरिक अस्पतालकै प्रांगणमै सञ्चालन भएको उक्त शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धि समस्याहरुको डाक्टर जाँच तथा परामर्श , सुगर टेस्ट, युरिक एसिड, पुर्जन अनुसार निशुल्क औषधि वितरण लगाएतका सेवा प्रदान गरिएको थियो । साथै अन्य ल्याब जाँचहरु , इसिजि ,यसिएचओ,युएसजि, एक्सरेमा २०% तथ फार्मेसीमा १०% छृट को व्यवस्था गरिएको थियो ।
नागरिक अस्पतालले आफ्नो सामुदायिक कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।