काठमाडौँ। डोटीमा बाघको आक्रमणबाट एक बालिक घाइते भएकी छन्।
पूर्वीचौकी गाउँपालिका वडा न २ कल्लेगडा बस्ने नन्नादेवी ठकुल्लाकी १३ वर्षीया छोरी किडी ठकुल्ला घाइते भएकी हुन् । आइतबार दिउँसो करिब ३ बजे रानीढुंगा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट किडी घाइते भएकी आमा नन्नादेवी ठकुल्लाले जानकारी दिईन् । घाइते बालिकाको तिघ्रा र पाखुरामा गहिरो चोट लागेको उनले बताइन् ।
बाघको आक्रमणबाट घाइते भएकी बालिकाको उपचारका लागि जिल्ला अस्पताल सिलगढीमा ल्याएको थियो। तर जिल्ला अस्पताल डोटीमा टिटी खोप नभएका कारण उपचार हुननसकेपछि फेरि उपचारको लागि पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर अवस्थित सुजङ अस्पतालमा लगिएको घाइते बालिकाकी काकी गेडी देवी ठकुल्लाले बताईन् ।
त्यस्तै बाघले आक्रमण गर्दा सोही गाउँका नारद ठकुल्लाको १ बाख्रा मारेको उनले जानकारी दिए । उक्त बाघले आइतबारबाट उधुम मच्चाएपछि स्थानीयमा थप त्रासपूर्ण वातावरण सिर्जना भएको ठकुल्लाले बताए।