काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सदस्य सचिव डा. प्रदीप ज्ञवालीको राजीनामा माग गरेको छ।
डा. ज्ञवालीको नेतृत्वमा काम गर्न नसकिने भन्दै त्यहाँका १७ जना कर्मचारीहरुले हस्ताक्षरसहित स्वास्थ्य तथ जनसंख्यामन्त्री मोहन बस्नेतलाई ध्यानाकर्षण गराएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारीहरुले डा ज्ञवाली लाई नेपाल सरकारका कार्यक्रम समयमा सुरु नगरेको, दातृ निकायबाट प्राप्त बजेट परियोजनामा पारदर्शिता नभएको, नेपाल सरकारबाट प्राप्त स्वीकृत कार्यक्रम भन्दा बाहिरका कार्यक्रमहरूलाई प्राथमिकता दिएको, जसले गर्दा कार्यालय प्रगति नभएको र कार्यालयलाई शून्य अवस्थामा राखेको सथै अनुसन्धान शाखालाई निष्कृय बनाएको आरोप लगाएका छन्।