नेपाल रेडक्रस सोसाइटी ४१ औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रसको दुई दिने गोष्ठीको आज पोखरामा उद्घाटन गर्नुहुँदै मन्त्री आचार्यले रेडक्रसका स्वयंसेवक सरकारको सहयोगी बनेर देशमा विपद् र स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएको बताउनुभयो ।
मन्त्री आचार्यले रेडक्रसका समिति तथा सदस्यमा युवापुस्तालाई बढीभन्दा बढी संलग्न गराउन सकेमा यसको प्रभावकारिता र क्रियाशीलता अझ बढ्दै जाने पनि बताउनुभयो ।
दुई दिनसम्म चल्ने गोष्ठीमा देशैभरिबाट तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।