काठमाडौँ- वर्तमान सरकार गठन भएको एक वर्ष पुरा भएको छ । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७९ पुस १० गते तेस्रो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । प्रचण्ड नेतृत्व सरकारको १ वर्षलाई फर्किएर हेर्दा मूलत: सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भएको छ भने सुशासनका सन्दर्भमा खरो रूपमा उत्रिएको छ ।
गएको एक वर्षको अवधिमा मुलुकमा कानुनी शासनको प्रत्याभूति गराउने विषयमा सरकारले यसबीचमा चालेका भ्रष्ट्राचार र अनियमितता विरुद्धका कदमहरूले आम नागरिकलाई सरकारप्रति भरोसा बढाएको छ । कोभिडले थलापारेको अर्थतन्त्रमा विस्तारै सुधार देखिएको छ ।
गएको १ बर्षमा सरकारले स्वास्थ सेवामा गरेको महत्वपूर्ण उपल्ब्धी ।
गरिबलाई निःशुल्क शय्या
संविधानले मौलिक हककको रुपमा ब्यवस्था गरेको आधारभुत स्वास्थ सेवाको सहज पहुँच र गुणस्तरीय सेवा प्रवाहमा सरकारले पहल बढाएको छ । देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पताललाई कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउने व्यवस्था गरेको छ ।
यस्तै, वीर अस्पतालका सात सय साधारण शय्यालाई आम नागरिकका लागि निःशुल्क गरिएको छ । स्वास्थ्य बीमाका बिमितहरूले एकपटक रेफरभई आएका बिमित बिरामीलाई सोही रोगका लागि फेरि रेफरी पुर्जी लिनुपर्ने झन्झट हटाइएको छ । नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई अब देखि तीन-तीन महिनाको औषधि एकमुष्ट दिने भएको छ । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक-एक महिनाका लागि औषधि दिने गरिन्थ्यो ।