काठमाडौँ । नागरिक सामुदायिक अस्पतालले एन्डोक्राइनोलजी सेवा सुरु गरेको छ । सुगर तथा थाईराईड रोग सम्बन्धि ओ पि डि सेवा डा सन्दीप चन्द्र श्रेष्ठ बाट दिइने छ ।
पछिल्लो समय सुगर र थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । रगतमा चिनीको मात्रा सामान्यभन्दा बढि रहने अवस्थामा सुगर’ लागेको भनिन्छ । भने थाइराइड एक प्रकारको हर्मोन हो जुन शरीरलाई एकदम आवश्यक पर्छ । शरीरमा हर्मोनको गडबडी भएमा शरीरमा थाइराइडको समस्या देखिन्छ ।
सुगर तथा थाईराईडका रोगको लक्षणहरू
- शरीरको तौल अत्यधिक बढी वा कम हुदै जाने ।
- छाला सुख्खा हुने, गर्मि लाग्ने र पसिना अत्यधिक आइरहने ।
- मुटुको धुकधुकी बढ्ने, काप्ने आत्तिने वा थराथाराउने,
- आँखा रातो, सुख्खा, कम्जोर र आँखा बाहिर निस्कदै आउनु ।
- महिनावारीमा गडबडी हुने वा निसन्तान हुने ।
- धेरै निन्द्रा लाग्ने वा थकित रहने ।
- दिसा कब्जियत वा पखाला लाग्ने ।
- कपाल झर्ने वा पातलो हुदै जाने, गलगाँड आउने, आदि ।
- तिर्खा धेरै लग्नु, भोक धेरै लग्नु, पिसाब छिटो-छिटो लाग्नु, आदि ।
शरीरमा यस्तो समस्या वा लक्षणहरू देखिए तुरुन्त डाक्टरको सल्लाह लिने । नागरिक सामुदायिक अस्पतालमा आईतबार र बुधबार बिहान ८:३० देखि ९:३० सम्म डा. सन्दीप चन्द्र श्रेष्ठ सँग परामर्श लिन सकिन्छ ।