काठमाडौँ । सिन्धुलीको सुनकोशी गाँउपालिकामा अरनिको यातायातको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मुनाकला राईको र मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।
त्यसैगरी सो मोटरसाइकल चालकको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले मृत्यु हुनेमा मोटरसाइकलमा सवार दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई र अर्को एक जना पुरुष रहेको जानकारी दिए। मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक सिलवालले बताए ।