काठमाडौँ । महिला स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मुगुको सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा कुमारी विकले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी गराएको छ ।
तुल्सा कुमारी विकले ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाका धनप्रसाद भट्टविरूद्ध किटानी जाहेरी दिएकी थिइन् ।
उनले जातका कारण कोठा छोड्न दबाब आएको , तल्लो जातका महिला भएकोले गाउँका केटाहरूले राती राती फोनमा सताउने, फोन नउठाए गालीगलौज गर्ने, बास पाउन समस्या, महिनावारी भए अलग्गै बस्नु पर्ने , दूध, दही, घिउ कसैले नबेच्ने, सामान किन्दा साहुजी सामान अलग्गै राखी लिन र पैसा पनि आफ्नो हात नछोईकन भुईँमा राख्न जस्ता समस्या भोग्नु परेको रआफु असुरक्षा महसुस भएको बताइन्
उनले जातका कारण जस्ता समस्या भोग्नु परेकोले जातीय विभेद सम्बन्धि जाहेरी दर्ता गरेकी हुन्।