काठमाडौं । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ।
८२ वर्षीय कर्मग्याल्बो लामाले चिसोका कारण हिटर र आगो बालेर सुतेको भए र निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ।