काठमाडौं । स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोप स्वास्थ्य चौकीका इर्न्चाजलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले जातीय विभेद गरेको आरोपमा सोमबार स्वास्थ्य चौकीका इर्न्चाजसुरज कुमार शाहीलाई पक्राउ गरेको हो । सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इर्न्चाज शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।
अनमी तुल्सा विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । अनमी तुलसामाथि जातीय विभेद गर्ने सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।