काठमाडौंं । थाइराइड फाउन्डेसन अफ नेपालले थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
थाइराइड फाउन्डेसनले अदिती फार्मेसीको सहकार्यमा इमाडोल, ललितपुरस्थित कृष्णन्दिरमा सोमबार एकदिने निःशुल्क शिविर सम्पन्न गरेको हो । उक्त शिविरमा थाइराइड रोग सम्बन्धी विशेषज्ञले परामर्श दिनुको साथै सहभागीहरुको निःशुल्क थाइराइड परीक्षण तथा औषधि वितरण गरिएको थियो ।
उक्त शिविरबाट दुई सय बढी लाभान्वित भएका छन् । जसमध्ये १ सय ५० जनाको थाइराइड परीक्षण भएको थियो । कार्यक्रममा थाइराइड फेडेरेसन इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष डा। अशोक भासिनले स्थानीयसँग थाइराइड रोगसम्बन्धी अन्तरक्रिया गरेका थिए । डा। भासिनकै नेतृत्वमा चार जना विशेषज्ञ सहितको टोलीले शिवरमा सेवा दिएका थिए ।
सो संस्थासँग आवद्ध रहेको थाइराइड फाउन्डेसन अफ नेपालले पनि थाइराइड रोगको रोकथामको लागि काम गर्दै आएको डा। भासिन जानकारि दिए । ।