काठमाडौंं । अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले होहल्ला गर्दै अस्पतालमा आन्दोलन गरेका छन ।
उपचारका क्रममा विरामीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ। मृतकका परिवार र आफन्तले अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै घेराउ र तोडफोड गर्न खोजेपछि तनाव उत्पन्न भएको हो
घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड(९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमवार विहान मनमोहन अस्पतालमाको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा बेलुका ५।३० बजे उनको मृत्यु भएको हो । उनको उपचारमा लापरवाही गरेकाले मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रेका हुन्।
मृतकका छोराछोरीको पालनपोषण , शिक्षादिक्षाको लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्नुपर्ने आफूहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । उनको अस्पतालले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको बताए ।
अस्पताल प्रशासनले घटनाबारे छलफल भइरहेको जनाएको छ। मृतकको शव अस्पतालको आईसीयूमा रहेको जनाइएको छ। प्रहरीले सोमवार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ।