काठमाडौँ । पर्वत जिल्लाको पैयूँ गाउँपालिकामा आयोजित विशेषज्ञ सहितको स्वास्थ्य शिविरबाट तीन सय पचास जनाले स्वास्थ्य लाभ लिएका छन्।
नन नेपाली रेसिडेन्ट एसोसिएसन क्यालिफोर्निया अमेरिका र देउराली फाउन्डेसन नेपाल तथा पैयूँ गाउँपालिकाको प्राविधिकको संयुक्त आयोजना क्यान्सर, मिर्गौला तथा सरुवा रोग सचेतना शिविरको आयोजना भएको थियो। सदरमुकामबाट टाढा हुँदा पैयूँ र आसपासको क्षेत्रका बिरामीहरू स्याङ्जाको वालिङसम्म पुगेर स्वास्थ्य सेवा लिइरहेको अवस्थामा स्वास्थ्य शिविरबाट सहज भएको थियो ।
शिविरमा स्त्री रोग, क्यान्सर, मिर्गौला सम्बन्धी समस्या, मुटु रोग, बाल रोग, हाड जोर्नी तथा नशा रोग लगायतका समस्याबाट ग्रसित भएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। उक्त शिविरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ जनरल फिजिसियन प्राध्यापक डा।भरतकुमार यादव, पाटन अस्पतालकै जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही, टेकु अस्पताल काठमाण्डौंका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुन, पाटन अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। विमल पाण्डे र पाटन अस्पतालकै जनरल फिजिसियन डा। विपिन पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए।