काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा। मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा। चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो । डा। अधिकारीको कार्यकाल सकिएपछि मन्त्रालयमा गंगालालमा कसलाई निर्देशक बनाउने भन्ने विषयमा छलफल चलेको थियो । तर नाम टुंग्याउन नसकेपछि हाल डा। मल्ललाई निर्देशकको जिम्मेवारी दिइएको डा। अधिकारीले जानकारी दिए ।