काठमाडौं । मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ।
२०७६ सालदेखि आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानवको मंगलबार मृत्यु भएको र सोहि आश्रममा असारबाट बस्दै आएका २५ वर्षीय अमित बिकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। उनीहरुको मृत्यु कालगतिले भएको प्रहरीले जनाएको छ।