काठमाडौं । रुपन्देहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
रूपन्देही, शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा लु१च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोधको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।