काठमाडौं ।काभ्रेको बनेपा नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने भएको छ ।
नगरपालिकाका अनुसार ६० वर्षभन्दा माथिका दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने बताएको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले नगरपालिकाले पहिले सबै वडाको स्वास्थ्य सेवा केन्द्र मार्फत सेवाग्राहीलाई शिविर मार्फत छनोट गरेर निःशुल्क दाँत हालिदिनेछ ।
स्वास्थ्यकर्मीको टोलीले वडाको स्वास्थ्य सेवा केन्द्रबाट सेवाग्राहीलाई कस्तो दाँत चाहिन्छ । कतिवटा दाँत चाहिन्छ भनेर संकलन गरेर ल्याउँछन् । बनेपाका स्थायी बासिन्दालाई प्रवाह हुने यो सेवाको लागि १८ पुसमा एक नम्बर वडाबाट शिविर सुरु भएर ७ मागमा १४ नम्बर वडामा पुगेर सकिनेछ ।