काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।
७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या बढेपछि आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको पारिवारिक स्रोतले बताएको छ।