काठमाडौं। सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ।
मंगलबार बिहान साढे ३ बजे ३८ वर्षीया साबित्री तोलाङ्गेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए। साबित्री सोमबार दिउँसो १ बजे घरमा कसैलाई नभनी हिँडेकी थिइन्। राति सम्म पनि नफर्किएपछि उनका श्रीमान केशव खोजी गर्न निस्किएका थिए।
खोजी गर्नेक्रममा एक गोठमा राखेको परालमा मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र शव पोष्टमर्टमको लागि सिन्धुली अस्पताल पुर्याइएको जानकारि दिएको छ ।