काठमाडौं। झापामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्। उनलाई धुलाबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेका छन ।
विकले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।