काठमाडौं। दमौली पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज विहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । शत्र जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ ।
घाइते हुनेमा बसचालक कास्कीका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डका ३२ वर्षीय सागर श्रेष्ठ सहित अन्य यात्रु रहेका प्रहरीले जनाएको छ ।