काठमाडौं । ईशान बाल तथा महिला अस्पतालको २८ औं साधारणसभा सम्पन्न भएको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रको उत्कृष्ट अस्पतालको रुपमा परिचित ईशान बाल अस्पतालले शनिबार आफनो २८ औं साधारणसभा सम्पन्न गरेको हो ।
१५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधासम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले बताए । ईशान सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने सिद्धान्त अंगालेको भन्दै सेन्टर अफ एक्सिलेन्स बनाई मेडिकल टुरिजमको रुपमा विकास गर्ने योजना रहेको डा चौधरीले बताए ।
उनले आफनै सुविधा सम्पन्न अस्पतालबाट चौविस घण्टा बालरोग विशेषज्ञबाट आकस्मिक सेवा, नवजात पेडियाट्रिक मेडिसिन, बाल सर्जरी, बाल युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलाजी लगायत महिला तथा प्रसुती सम्बन्धी आकस्मिक सेवा तथा एक्सिडेन्ट तथा ट्रमा, दन्त सम्बन्धी सेवाहरु उपलब्ध रहेको बताए ।
हाल अस्पतालमा ८५ जना विभिन्न विषयका बरिष्ठ बिशेषज्ञहरु सहितको सेवाहरु उपलब्ध रहेको र सामाजिक दायित्व अन्तर्गत असाहयकोलागि नेपाल सरकारको निर्देशन बमोजिम १० प्रतिशतलाई नि शुल्क सेवा दिने प्राबधान रहेको समेत उनले उल्लेख गरे ।