काठमाडौं । जाजरकोटमा चिसोका कारण थप १ जना भूकम्पपीडितको मृत्यु भएको छ। त्रिपालमुनि बस्दै आएका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ।
चिसोका कारण बिरामी भएपछि विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। कडा निमोनिया भएका कारण उनलाई त्यहाँबाट प्रदेश अस्पताल सुर्खेत रेफर गरे, प्रदेश अस्पताल पुर्यामउँदा पनि विश्वकर्माको उपचार सम्भव नभए पछि उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनका छोराले बताए । भूकम्पपछि उनको घरमा बस्नै नहुने गरी क्षति पुगेपछि त्रिपालमुनि बसिरहेका थिए।
चिसोका कारण जाजरकोटमा ३१, रुकुम पश्चिममा ५ गरी ३६ जना त्रिपालमुनि बस्दौ आएक भूकम्पपीडितको मृत्यु भैसकेको छ। चिसोमा त्रिपालमुनि बस्न बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम बढि रहेको छ ।