काठमाडौं । सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
बारीको कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर फिक्कल गाउँपालिका-५ का ७४ वर्षीय मनबहादुर बुढाथोकीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोज्ने क्रममा घर नजिकै चप्पल भेटियो चप्पल भेटिएको ठाउँ नजिक बारीको काल्लामा ढिस्को झरेको देखेपछि खोतल्दा बुढाथोकीलाई मृत अवस्थामा फेला परेको हो। उनको शव पोस्टमर्टमका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।