काठमाडौँ । हेटौँडामा छोरीलाई यातना दिएको आरोपमा एक जना पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हेटौँडा उपमहानगरपालिका– ५ सिँचाइटोलमा डेरा गरी बस्ने महोत्तरी एकडाँडा– ३ का २७ वर्षीय रामजी मण्डलले नपढेको भन्दै ४ वर्षीय छोरीलाई कुटपिट गरी यातना दिएको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
उनले ४ वर्षीया छोरीलाई नपढेको भन्दै कुटपिट गर्ने, पेन्सिलले कानमा घोचिदिने, हात र कानमा टोकिदिएर घाउ बनाउने, यातना दिएको छिमेकीले देखेर प्रहरीलाई जानकारी गराएपछि उनलाई नियन्त्रणमा लिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताए।