काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले गत शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजाअनुसार परीक्षार्थीमध्येबाट ५५ प्रतिशत उत्तीर्ण भएका छन् ।
नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानलाई परीक्षा केन्द्र तोकि सञ्चालन गरेको उक्त परीक्षामा परीषद्का अनुसार परीक्षामा १ हजार ५०५ जनाले सहभागिता जनाएका थिए । ती मध्ये ८३१ जना (५५.३१ प्रतिशत) उत्तीर्ण भएका हुन् ।