काठमाडौँ । वरिष्ठ सल्यचिकित्सक डा. दिर्घराज आरसीको नेतृत्वमा नेपाल हाडजार्नी प्रत्यारोपण समाज गठन भएको छ ।
देशैभर कार्यरत हाडजार्नी सल्यचिकित्सकहरुको काठमाडौमा भएको भेलाले निजामती अस्पतालमा कार्यरत वरिष्ठ सल्यचिकित्सक आरसीको नेतृत्वमा पहिलो पटक समाज गठन गरेको हो ।
समाजको उपाध्यक्षमा डा. विवेक वास्कोटा, महासचिवमा डा. सुमनबाबु मरहट्ठा तथा समाजको कोषाध्यक्षमा डा. ऋषि बिष्ट चयन भएका छन । यस्तै समाजको सदस्यमा डा. श्रवणकुमार थापा, डा. राज राणा, डा. शुशिल थापा मगर, डा. कपिलमणी केसी, डा. रविन्द्र रेग्मी, डा. सुनिल सिंह थापा र डा. प्रविण नेपाल चयन भएका छन ।
अर्थोपेडिक सर्जरी विधाको सब स्पेसियालिटीको रुपमा पहिलो पटक समाजको स्थापना गरिएको अध्यक्ष डा.दिर्घराज आरसीले जानकारी दिए।