काठमाडौँ । पाँच बुँदे माग राखेर आन्दोलनमा रहेका डा. गोविन्द केसी फेरि पक्राउ परेका छन् ।
सशस्त्र द्वन्द पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच तथा चिकित्सा शिक्षा आयोगमा तत्काल निर्देशन नियुक्त गरिनुपर्ने लगायत माग राख्दै डा। केसी सहित प्रदर्शनकारी माइतीघरमा प्रदर्शन गर्न पुगेका थिए ।
निषेधित क्षेत्र तोडेको आरोपमा डा. गोविन्द केसी सहित प्रदर्शनटोलिका ७ जाना लाई पक्राउ गरिएको हो । उनीहरू माइतीघरमा नारा लगाएर निस्कनेबितिकै प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै नियन्त्रणमा लिई उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।