काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरिएको छ। मन्दिर क्षेत्रमा हुने महिलाहरुको समस्यालाई मध्य नजर गर्दै स्तनपान कक्षको व्यवस्था गरेको हो ।
मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्तनपान कक्ष स्थापना गरिएको कोषकी अध्यक्ष लक्ष्मी पुनले जानकारी दिइन्।
पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्तनपान कक्ष उद्घाटन गर्दै पशुपति विकास कोषले महिलाको समस्या बुझेर स्तनपान कक्ष स्थापना गरेको भन्दै खुसी व्यक्त गरिन् । स्तनपान कक्ष देशभित्र तथा बाह्य मुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताइन्।