काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले यहि पुस २७ गते शुक्रबारका दिन नि: शुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
महिलाहरुमा हुने पाठेघर तथा स्त्री रोग सम्बन्धि समस्याको समयमै पहिचान गर्न का लागि वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सिमा मिश्र द्वारा शिविरमा स्वास्थ्य जाँच गरिने छ।
पवित्र हलेसी घाम बचत तथा ॠण सहकारि संस्था र नागरिक सामुदायिक अस्पतालको सहकार्यमा हुन लागेको उक्त शिविरमा महिलाहरु हुने पाटेघर तथा प्रजनन सम्बधि , डाक्टर जाँच तथा परामर्श , निशुल्क युरिन टेस्ट, प्याप स्मियर, पुर्जन अनुसार औषधि वितरण लगाएतका सेवा प्रदान गरिने छ । साथै अन्य ल्याब जाँचहरु ,प्याप स्मियरमा ३०% तथा फार्मेसीमा १०% छृट को व्यवस्था गरिएको छ ।
उक्त शिविर नागरिक अस्पतालकै प्रांगणमै यहि मिति २०८०/०९/२७ गते शुक्रबारको दिन बिहान १०ः३० देखि ०१:३० सम्म हुदैछ । नागरिक अस्पतालले आफ्नो सामुदायिक कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।