काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले आज नि : शुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महिलाहरुमा हुने पाठेघर तथा स्त्री रोग सम्बन्धि समस्याको समयमै पहिचान गर्नको लागी गरेको चेक जाचमा स्त्री रोग विशेषज्ञ डा. सिमा मिश्रले सेवा प्रदान गरेकि छिन। उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा. सिमा मिश्रलेद्वारा १५० जाना बिरामिको उपचार भएको छ ।
नागरिक अस्पतालकै प्रांगणमै सञ्चालन भएको उक्त शिविरमा महिलाहरु हुने पाटेघर तथा स्त्री रोग सम्बधि , डाक्टर जाँच तथा परामर्श , समस्या भएका महिलाहरुका लागि पुर्जन अनुसार औषधि वितरण तथा नि:शुल्क युरिन टेस्ट लगाएतका सेवा प्रदान गरिएको थियो । साथै अन्य ल्याब जाँचहरु , अल्ट्रासाउन्ड ,प्याप स्मियरमा ३०% तथा फार्मेसीमा १०% छृट को व्यवस्था गरिएको थियो।
नागरिक अस्पतालले आफ्नो सामुदायिक कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।