काठमाडौँ। गंगाजमुना गाउपालिका ५ मा रहेको ग्रामीण अस्पताल, फूलखर्क कल्याणकारी समाजको आयोजनामा ओम समाज डेन्टल हस्पिटलद्वारा पुस २७ र २८ गते वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
२ दिने शिविरमा ४२९ जनाको प्रत्यक्ष दाँतको परिक्षण भएको थियो । जसमध्य ९७ जनाको दाँत सफा, १३० जनाको दाँत निकाल्ने, २५ जनाको दाँत भरेको हस्पिटल प्रसासनले जानकारी दिएको छ ।
शरीर स्वस्थ राख्न मुख स्वस्थ हुन् आवस्यक छ मुख स्वस्थ भयो भने शरीर आफै स्वस्थ हुन्छ भन्दै सबैको पहुचमा दन्त उपचार सहज बनाउदै उपत्यका भित्र बाहिर निःशुल्क शिविर संचालन गर्दै आइरहेको छ । ओम समाज डेन्टल हस्पिटलले आगामी दिनहरुमा पनि निःशुल्क शिविरलाई निरन्तरता दिने बताएको छ ।