काठमाडौँ । काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।
पुस २७ गते राति पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित प्लटिङको झाडीमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेको काभ्रे प्रहरी जानकारी दिए।
पक्राउ पर्नेमा २८ वर्षीय धिरज हमाल, घनश्याम श्रेष्ठ, १९ वर्षीय अमर बिक र एक किशोर छन्। उनीहरू मजदुर हुन्। पीडित युवती पनि उनीहरूसँगै काम गर्थिन्।
त्यस दिन काम सकेर मदिरा सेवन गरेर घर फर्किने क्रममा उनीहरूले ती युवतीलाई बलात्कार गरेका थिए। आफूमाथि बलात्कार भएको हल्ला गाउँभरी फैलिएपछि युवती आत्महत्या प्रयास गर्दैगर्दा गाउँलेले बचाएका थिए। उक्त घटना बारे अनुसन्धान अगाडि बढाइएको काभ्रे प्रहरी जानकारी दिएको छ।