काठमाडौं। बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य क्षेत्रमा यि निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिएकी हुन् ।
यस्ता छन् बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु-
१. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।
२. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने ।