काठमाडौँ। अछाममा भालुको आक्रमणबाट दुई युवती घाइते भएका छन् ।
खरमेला जाने क्रममा सल्लीकोटका २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाहलाई भालुले आक्रमण गरेको हो । उनीहरूको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि सरोकारवालासँग सल्लाह गरेर हेलिकप्टरको व्यवस्था गरिरहेको जिल्ला प्रहरीले जानकारि दिएको छ ।