काठमाडौँ। कैलालीमा करेन्ट लागेर १ जनाको मृत्यु र १ जना घाइते भएका छन् ।
घोडाघोडी नगरपालिकाका ४० वर्षीय धनबहादुर शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान करिब साढे ३ बजेतिर तुल्सीपुर सामुदायिक वनमाण् करेन्ट लागेर गम्भीर घाइते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनकारि दिएको छ ।
साथै मोहन्याल गाउँपालिकाकी ३६ वर्षीया दुर्गा खत्री करेन्ट लागेर घाइते भएकी छन् । खत्रीलाई स्थानीय घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको र घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।