काठमाडौँ। सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान ११ः०० बजेतिर पत्कर सोर्न गएकी ४५ बर्षीय शारदा लामिछानेको करेन्ट लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी जवान अनिल घर्तीले जानकारी दिए ।
हाइटेन्सन लाइनको पोलबाट भुईँमा लत्रिएको नेटको तारमा करेन्ट सट भई फलामको तारमा करेन्ट प्रवाह भएको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शरीर केही जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
लामिछानेको शव पोष्टमार्टमका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।