काठमाडौँ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १० माघ देखि ५ दिनसम्म सञ्चालन गरेको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
यो परिषद्को आठौँ नाम दर्ता परीक्षा हो। विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा २४.३४ प्रतिशत मात्रै पास भएका छन्।
परीक्षा बबरमहलस्थित एडभान्स एजुकेशन एण्ड इन्नोभेटिम रिसर्च सेन्टरमा चलेको उक्त लाइसेन्स परीक्षामा ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना पास भएका छन्।