काठमाडौं । ललितपुरमा एक जर्मन नागरिक मृत फेला परेकी छन् ।
ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा बस्दै आएकी जर्मन नागरिक एडि इल एचइडी मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनी दुई वर्षदेखि त्यहाँ एक्लै बस्दै आएकी थिइन् ।
मृतक महिलाको टाउकोमा चोट देखिएको छ ।