काठमाडौँ । महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ ।
पुस २७ मा कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । उक्त प्रत्यारोपण गर्न ११ घण्टा समय लागेको थियो ।
डा। भण्डारी नेतृत्वमा नेपाली चिकित्सकहरुको टिमले पहिलोपटक आत्मनिर्भर भएर नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो । ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । प्रत्यारोपण गरेपश्चात् उनलाई दुई साता आईसीयूमा राखेर वार्डमा सारिएको थियो । र उनलाई बिहीबार डिस्चार्ज गरिने जानकारि दिएका छन ।
यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठूलो सफलता हो,’ कलेजो प्रत्यारोपण विशेषज्ञ डा। भण्डारीले भने, । उनका अनुसार यसअघि प्रत्यारोपणमा सहयोग गर्न विदेशी चिकित्सकहरुको टोली आउने गरेको थियो । यस पटक नेपाली टोलीले मात्रै प्रत्यारोपण गरेको हो ।उनले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको बताए।